सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा १९ वटा अवैध निजी स्वास्थ्य संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन्। हिजो, मुख्यमन्त्री सिंहले लालबन्दी र नवलपुर क्षेत्रका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेका थिए। अनुगमनको क्रममा दुई स्वास्थ्य संस्थाको कागजात दुरुस्त पाइएको र बाँकी दुई वटाका नवीकरण असफल भएपछि तुरुन्तै नवीकरण गर्न निर्देशन दिइएको उनले जानकारी दिए। मुख्यमन्त्री सिंहले केही समय अघि सर्लाही सदरमुकाम मलङ्गवामा पनि अवैध निजी अस्पतालहरूको अनुगमन गरी बन्द गर्न निर्देशन दिएका थिए। तर, ती अस्पतालहरू पुनः खुल्ने र सञ्चालित हुने जस्ता जनगुनासोहरू बढेका छन्।
बाँके। नेपालमा लागू हुँदै गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका केही कार्यक्रमको प्रक्रिया अमेरिकी सरकारले अगाडि बढाउन अनुमति दिएको छ। एमसीए नेपालका अनुसार, यस निर्णयले महत्त्वपूर्ण खरिद कार्य र कार्यालय सञ्चालनसँग सम्बन्धित आवश्यक कार्यहरू अघि बढाउने मार्ग खोल्नेछ। अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षा अझै जारी रहँदा पनि एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत केहि कार्यहरूको अनुमतिको कुरा गरिएको हो। एमसीए नेपालले भनेका छन्, "हामी कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेका छौं र पारदर्शिताप्रति प्रतिबद्ध रहेको छौं।" यो निर्णयको आधारमा, एमसीए नेपालले नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग मिलेर काम गर्ने सुनिश्चित गरेको छ, र अमेरिकी सरकारको समीक्षाबाट निस्किने नतिजाको बारेमा जानकारीको…
विराटनगर | झापाको मेची राजमार्गमा सशस्त्र प्रहरीको कारबाहीमा १ हजार ६ सय ३६ किलो गाँजा राखिएको दुईवटा ट्रकसहित दुई जना पक्राउ परेका छन्। शुक्रबार मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ खण्डमा सशस्त्र प्रहरीले ट्रक चेकजाँच गर्दा दुईवटा ट्रकमा ५७ वटा बोरामा गाँजा फेला परेको थियो। ट्रकको नम्बर को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ रहेको बताइएको छ। पक्राउ परेका व्यक्तिहरूमा धनकुटाको शहीदभूमि नगरपालिका वडा नम्बर ४ का महेश राई र इलाम जिल्लाको माइजोगाई गाउँपालिका वडा नम्बर २ का ३७ वर्षे गंगाबहादुर बस्नेत रहेका छन्। उनीहरूको साथबाट ८७ हजार ८ सय ८० रुपैयाँ र पाँच थान मोबाइल सेट…
बाँके। अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसको अवसरमा शुक्रवार नयाँ बानेश्वरमा दलित समुदायले विरोध गरेको छ । प्रदर्शनको क्रममा दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल भएको हो। प्रदर्शनकारीहरूले "दलितलाई खै?" लेखिएको प्लेकार्ड बोकेर अर्धनग्न भई विरोध जताएका थिए। उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले रोक लगाउने क्रममा यस झडपको स्थिति उत्पन्न भएको हो। दलित अधिकारका पक्षमा आवाज उठाउने कार्यकर्ताहरूले जातीय विभेदको अन्त्य र समानता सुनिश्चित गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् ।
मोहम्मद शाहिन जमाली, वीरगन्ज। जसरी दशैं, तिहार, छठ, ल्होसार, क्रिसमस लगायत चाडपर्वमा परीक्षा राखिंदैन, त्यसैगरी ईदमा पनि परीक्षा तोकिनु हुँदैन। २०८० माघ २९ मा प्रकाशित नेपाल राजपत्रमा २०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचीमा ईद उल-फित्रको बिदा पनि समावेश छ। सरकारले हरेक वर्ष ईद उल-फित्रमा सार्वजनिक बिदा दिंदै आएको छ। सरकारले नेपालका विविध धर्म, संस्कृति, परम्परालाई ध्यानमा राख्दै सबै समुदायका चाडपर्वको सम्मानस्वरूप बिदा दिने नीति अवलम्बन गरेको हो। तर शैक्षिक संस्थाहरूले सरकारी नीतिको बेवास्ता गरिरहेका छन्। विद्यालयदेखि विश्वविद्यालयसम्मले ईदकै दिन परीक्षा राख्ने गरेका छन्। यो वर्ष पनि त्यही परिपाटी दोहोरिएको छ। रमजान एक महीना लामो हुन्छ। रमजान महीनाको अन्त्यमा ईद उल-फित्र मनाइन्छ। रमजान…
बाँके। विराटनगर महानगरपालिका वडा नम्बर २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी हानेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्रमा भाग्दै गर्दा पक्राउ परेका छन्। सापकोटा, जो विराटनगर वडा नम्बर २ का २८ वर्षीय युवा हुन्। उनले आफ्नो घरमा काम गर्दै आएका ५७ वर्षीय रमेश गुप्तालाई खुकुरीले प्रहार गरेर फरार भएका थिए। घटना बिहीबार राति करिब ८:३० बजेको हो। सापकोटाले गुप्तालाई खुकुरी हानेको र घाइतेलाई घाँटीमा गम्भीर चोट लागेको जानकारी प्राप्त भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, गुप्ता लामो समयदेखि सापकोटाको घरमा काम गर्दै आएका थिए। गुप्तालाई उपचारका लागि सुरुमा कोशी अस्पताल लगिएको थियो, तर अवस्था गम्भीर भएपछि उनलाई नोबेल शिक्षण…
जनकपुर । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञको नाममा दलित परिवारलाई उठीबास लगाउने घटना प्रति मधेश प्रदेशसभाका सांसदहरुले कडा आपत्ति जनाएका छन्। उनीहरुले यस्ता अमानवीय कृत्यमा संलग्न जनप्रतिनिधिलाई कारबाहीको माग समेत गरेका छन्। प्रदेशसभा बैठकमा सांसदहरुले विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारलाई स्थानान्तरण गरिएको घटनालाई निन्दनीय भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। सांसद निलमकुमारी रजकले दलितको घर भत्काउने र अन्याय गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दवाब दिँदै यसलाई मानवता विरुद्धको कृत्य मानिन्। उनले भनेकी छन् , "यज्ञका नाममा दलित परिवारमाथि अन्याय गरिएको छ।" एमाले सांसद लखन दास तत्माले पनि मधेश प्रदेशमा दलितमाथि भएका बारम्बारका ज्यादतीमाथि सरकारले…
जनकपुर, मधेस प्रदेशमा सिँचाइ समस्या बढ्नका पछाडि सरकारको दोहोरो नीतिका कारण चुरेक्षेत्रको विनाशको आरोप लागेको छ। यसबारे जानकारी दिन आज जनकपुरधाममा आयोजित ‘भूमिगत जलको दिगो विकास र व्यवस्थापनका लागि चुनौती र अवसरहरू’ विषयको गोष्ठीमा सरोकारवालाले कुरा राखेका थिए। मधेस सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले सङ्घीय सरकारको नीति र योजनामा चुरेक्षेत्रको संरक्षण र भूमिगत जल विकासको दृष्टिकोणमा अनियमतता देखिएको बताउनुभयो। मन्त्री यादवले भूमिगत जल संकटको प्रमुख कारण चुरे वनजङ्गलको विनाश, गिट्टी र बालुवा उत्खनन र भूमिगत जलको अत्यधिक दोहन रहेको आरोप लगाउनुभयो। "संघीय सरकारले एकातिर चुरेको वनजङ्गल विनाशको नियन्त्रणका लागि करोडौँ खर्च गर्दैछ भने अर्को तिर सडक र…
धनुषा । धनुषाको भठिहन स्थित चोकको नाम राख्ने विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहन स्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो। झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएको प्रहरीले जनाएको छ। गोलि लागेर घाइते भएको व्यक्ति भने पहिचान खुलेको छैन। प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको जानकारी गराएको छ । भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो। त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ।
धरान । उदयपुरको बेलका वडा नम्बर २ का २० वर्षीय सुजन खड्कालाई विराटनगरमा लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। उनीसँग ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसै क्रममा, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर वडा नम्बर १५ मोरङ केराबारी वडा नम्बर ३ का २४ वर्षीय उत्तम याक्खा र सुन्दरहरैंचा वडा नम्बर ५ का ४५ वर्षीय मातृका सुवेदीलाई पनि ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको जानकारी गराएको छ।
