Skip to main content

Khotang Khabar

काठमाडौँ विश्वकै बढी प्रदुषण भएको दोस्रो शहर

Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । बुधबार  काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित दोस्रो शहर बनेको छ ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले (बिहान ११ बजे) काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको दोस्रो शहर बनेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स १९७  रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौँ भन्दा अगाडी भारतको दिल्लीको २१६ रहेको छ ।

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *