Skip to main content

Khotang Khabar

भारतीय कूटनीतिज्ञलाई बोलाएर पाकिस्तानले दियो चेतावनी

काठमाडौँ । पाकिस्तानले भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण लिएको छ ।भारतले गरेको हवाई हमलाको विरोध गर्दै पाकिस्तानले भारतीय कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको हो ।विदेश कार्यालयले भारतीय कूटनीतिज्ञलाई आक्रमणहरू पाकिस्तानको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन हुन् र त्यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र संघको बडापत्र र दुई देशहरू बीचको सम्बन्धलाई नियन्त्रित गर्ने महासन्धिहरूको उल्लङ्घन भएकोप्रति पनि सचेत गराएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।भारतलाई यस्तो गैरजिम्मेवार व्यवहारले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याउने कुटनीतिज्ञमार्फत चेतावनी दिएको छ ।मंगलबार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हवाई आक्रमण गरेको थियो, जसमा पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए ।भारतले जम्मू कश्मीरको पुंछमा नियन्त्रण रेखामा पाकिस्तानले गरेको गोलाबारीबाट कम्तीमा १० भारतीयको मृत्यु भएको र धेरै घाइते भएको पनि बताएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...