Skip to main content

Khotang Khabar

नीति तथा कार्यक्रम कर्मकाण्डी भयो- डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभामा मंगलबार बोल्दै डा. वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् । उनले आफुले १२ वर्षदेखि चासो लिएर सुन्दै आएको नीति तथा कायर्क्रम कर्मकाण्डमै सीमित रहेको बताए ।उनले यो सरकारलाई के कुराले सम्झिने भन्दै रवि लामिछानेलाई थुनेको, रविन्द्र मिश्रलाई थुनेको भनेर सम्झिने भन्दै प्रश्न गरे ।सांसद डा. वाग्लेले निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने बताउदै नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको उल्लेख गरे ।डा. वाग्लेले अहिले प्रचार गरिएका राम्रा काम खोतलेर हेर्दा खोक्रो भेटिएको बताए । उनले सरकारले ल्याएका राम्रा कामको आफ्नो पार्टीले समर्थन गर्ने भन्दै यसअघि सरकारले यस अघि ल्याएको एक अध्यादेशको समर्थन गरेको स्मरण गरेका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको नाम जोडिएका आयोजनाको नाम परिवर्तन सकरात्मक भएको भन्दै फेरिएको नाम बदनाम नहोस् भन्दै सरकारलाई सचेत गराए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...