Skip to main content

Khotang Khabar

धनकुटा बस दुर्घटनाका मृतक तीनको परिचय खुल्यो, ११ जना घाइते

काठमाडौं । धनकुटाको गोठगाउँमा सोमबार भएको यात्रुबाहक बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो । दिउँसोको समयमा भएको यस दुर्घटनामा घटनास्थलमै एक जनाको मृत्यु भएको हो भने दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेमा बस चालक सुनसरी धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका-११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेका छन् । प्रहरीका अनुसार राईको मृत्यु घटनास्थलमै भएको थियो भने तामाङ र श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...