Skip to main content

Khotang Khabar

सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षा विधेयक संसदको यही अधिवेशनबाट टुंग्याउने गरी काम भइरहेको बताएका हुन् ।

शिक्षा विधेयकबारे भइरहेको अहिलेसम्मको कामबारे शिक्षामन्त्रीले पनि सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् ।

उनले भने, ‘शिक्षा विधेयकबारे उपसमितिमा सबै पक्षको सहमतिमा एकसरो छलफल भइरहेको छ । र, केही विवाद भइरहेको दफाहरूमा काम भइरहेको छ । शिक्षा विधेयक हिजो आन्दोलनको क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकाल भरी कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले शिक्षा विधेयक लिएर जानुस् भन्ने काम भइरहेको छ ।’

उनले उपसमितिमा भइरहेको कामबारे सदनबाट सिंगो देश र जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...