Skip to main content

Khotang Khabar

तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’

बाँके।
पोल्याण्डको एक बियर उत्पादक कम्पनीले विश्वभरि अहिलेसम्म अनौठो र विवादास्पद बियर उत्पादन गरेको छ। यो बियरलाई ‘योनी बियर’ नाम दिइएको छ, जसमा महिलाको यौनांगबाट प्राप्त ब्याक्टेरिया प्रयोग गरिएको छ। बियर निर्माता कम्पनी, द अर्डर अफ योनीले यो अनौठो बियरलाई बजारमा ल्याएको हो।

यस बियरको विशेषता भनेको योनीमा पाइने ल्याक्टिक अम्लको प्रयोग हो, जुन महिलाको यौनांगका ब्याक्टेरियाबाट प्राप्त हुन्छ। बियर बनाउनका लागि विशेष मोडेल पाउलिना र मोनिकाका यौनांगबाट ब्याक्टेरिया सङ्कलन गरी प्रयोगशालामा ल्याक्टिक एसिड तयार गरिन्छ। यो प्रक्रिया सँगै, बियर दुई प्रकारका ब्राण्डमा बजारमा आएको छ: बोटल्ड लस्ट र बोटल्ड प्यासन।

दुवै बियरमा ८ प्रतिशत अल्कोहल हुन्छ। लस्ट ब्राण्ड नटमेग स्वादमा छ र यसमा पाउलिनाका यौनांगका ब्याक्टेरिया प्रयोग गरिएको छ, जबकि प्यासन ब्राण्ड क्लासिक बियर हो र यसमा मोनिकाको यौनांगका ब्याक्टेरिया प्रयोग गरिएको छ।

योनी बियरको घोषणा फेसबुक मार्फत गरिएपछि यसले व्यापक ध्यान खिचेको छ। कतिपयले यसको आलोचना गरेका छन् भने कतिपयले यसलाई रमाइलो मान्दै चर्चा गरेका छन्। साथै, बियरका पहिलो प्रयोगकर्ताले यसको स्वाद प्रचारित जस्तो नभएको बताएका छन्, र केही इन्टरनेट प्रयोगकर्ताले बियर उत्पादनका लागि प्रयोग गरिएका मोडेलहरूको यौनरोग परीक्षण भएको हो कि छैन भन्ने प्रश्न उठाएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...