Skip to main content

Khotang Khabar

रतुवामाइमा मोटरसाइकल दुर्घटना, श्रीमान-श्रीमतीको मृत्यु।

बाँके।
मोरङको रतुवामाइ नगरपालिकावडा नम्बर ६ स्थित त्रिभुवन चोकमा शुक्रवार राति भएको एक भीषण मोटरसाइकल दुर्घटनामा एक दम्पत्तीको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्तिहरू रतुवामाइ-१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी ३५ वर्षीया पत्नी वामनी हेमराम हुन्।

सोम टुडू रतुवामाइ नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ट्रायक्टर चालक रहेका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार, राति १० बजे उक्त दुर्घटना भएको हो। मोटरसाइकल दुर्घटनामा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो, जसका कारण दुई जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान सुरु गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...