Skip to main content

Khotang Khabar

पाँचथरमा वन डढेलोमा संलग्न तीन जना पक्राउ।

 

पाँचथर।
पाँचथर जिल्ला प्रहरी कार्यालयले दुई छुट्टाछुट्टै घटनामा वनमा आगलागी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पहिलो घटनामा, गत चैत्र १६ गते फिदिम नगरपालिका वडा नम्बर ४ स्थित सिंहदेवी सामुदायिक वनमा आगलागी भएको थियो। यस घटनामा संलग्न भएको आरोपमा गणेश तामाङकी श्रीमती सुकमया तामाङलाई पक्राउ गरिएको हो। उनले बारीमा झिक्रा डढाउँदा आगो फैलिएको प्रहरीको भनाइ छ।

त्यसैगरी, चैत्र १९ गते फिदिम नगरपालिका वडा नम्बर १० स्थित खमलटार मावि नजिकको जङ्गलमा भएको आगलागीमा संलग्न भएको आरोपमा दिलु खजुम र सजिता खजुमलाई पक्राउ गरिएको छ। उनीहरूले पनि बारीमा झारपात डढाउँदा आगो वनमा फैलिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुवै घटनामा संलग्न तीन जनालाई आपराधिक उपद्रव मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...