Skip to main content

Khotang Khabar

`रगतको होइन, जनताको मनको शासन हुनुपर्छ।´ माधवकुमार

विराटनगर।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जनआन्दोलनलाई यथार्थको दृषटिकोनबाट मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ। उहाँले कुनै पनि व्यक्तिले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने धारणा राख्नुभयो।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै माधव नेपालले भने, “जो सुकैले पनि जनतालाई भेला पार्न सक्छ, तर यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्धाहरू समसामयिक छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण छ। त्यस्तै, अहिलेको समयका आवश्यकतासँग ती मुद्धाहरू मेल खान्छन् कि खाँदैनन् भन्ने कुरा पनि विचार गर्नुपर्छ।”

पूर्व प्रधानमन्त्री नेपालले राजतन्त्रको पुनर्स्थापनाको सम्भावना पनि नकार्नुभयो। उहाँका अनुसार, नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन। “राजतन्त्रको पुनःस्थापना असम्भव छ, र यसको आवश्यकता पनि छैन,” नेपालले जोड दिनुभयो।

यस्तो अवस्थामा, उहाँले जनताको मनको शासन आवश्यक रहेको र जनताको चाहनालाई ध्यानमा राखी राजनीति अगाडि बढाउनुपर्ने धारणा प्रस्तुत गर्नुभयो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...