Skip to main content

Khotang Khabar

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्।

औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन ओली आज मंगलबार बैंककतर्फ प्रस्थान गरेका हुन्।

उनको बिदाइका लागि पत्नी राधिका शाक्यसहित सुरक्षाकर्मीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाइ एयरलाइन्समार्फत् बैंकक प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ओली थाइल्याण्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल लगायत २१ जना रहेका छन् । प्रधानमन्त्री नेतृत्वको टोली चैत २३ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...