Skip to main content

Khotang Khabar

सिन्धुलीमा जीपको ठक्करबाट सरसफाई कर्मचारीको मृत्यु

सिन्धुली।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १२ निवासी ३५ वर्षीय शेरबहादुर खपांगीको जीपको ठक्करबाट मृत्यु भएको छ।

शेरबहादुर खपांगी कमलामाई नगरपालिका वातावरण शाखामा सरसफाई कर्मचारीका रूपमा कार्यरत थिए। उनी कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको जीपले बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–६ स्थित रातमाटा घुम्ती नजिक ठक्कर दिएको थियो।

जीपको ठक्करबाट गम्भीर घाइते भएका खपांगीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।घटनाका सम्बन्धमा जीपको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, र अनुसन्धान जारी रहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

रावा बेसीका नागरिकका लागि काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर

२२ भदौ, खोटाङको रावा बेसी गाउँपालिकाले गाउँपालिकाका स्थायी बासिन्दा भई हाल विभिन्न कारणले गाउँपालिकाभन्दा बाहिर बसोबास गर्दै आएका ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

२१ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको औपचारिक रूपमा समुद्घाटन गरिएको छ। गाउँपालिकाबाट प्रवाह ...
खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...