Skip to main content

Khotang Khabar

स्पेनले नेदरल्याण्ड्सलाई ५-४ ले हराउँदै तेस्रो पटक सेमिफाइनलमा ।

बाँके।

साविक विजेता स्पेनले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबारको रोमाञ्चक दोस्रो लेग ३-३ को बराबरीमा सकिएको थियो। पहिलो लेगमा पनि २-२ को बराबरी भएको थियो। समग्रमा ५-५ को बराबरीपछि पेनाल्टी सुटआउटमा स्पेनले सफलता प्राप्त गर्यो।

खेलको महत्त्वपूर्ण क्षणहरू

खेलको आठौं मिनेटमा स्पेनका मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए।

५४ औं मिनेटमा नेदरल्याण्ड्सका मेम्फिस डेपेले पेनाल्टीमा गोल गर्दै बराबरी ल्याए।

६७ औं मिनेटमा ओयार्जाबालले दोस्रो गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए।

त्यसपछि ७९ औं मिनेटमा इयान मास्टेनले उत्कृष्ट गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए।

१ सय ३ मिनेटमा स्पेनका लामिन यमलले उत्कृष्ट गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

१ सय ९ मिनेटमा नेदरल्याण्ड्सका जाभी सिमोन्सले पेनाल्टीमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए।

पेनाल्टी सुटआउट
पेनाल्टी सुटआउटमा दुबै टोलीले पहिलो तीन प्रहार गोलमा परिणत गरे। त्यसपछि नेदरल्याण्ड्सका नोआ लाङको प्रहार बारमा लागेर बाहिरियो। नेदरल्याण्ड्सका गोलकिपर बार्ट वेरब्रुग्गेनले यमलको पेनाल्टी बचाए। बार्सिलोनाका पेड्रीले निर्णायक पेनाल्टी गोल गर्दै स्पेनलाई जित दिलाए।

अन्तिम परिणाम
डोनेल मालेनले पेनाल्टी मिस गरेपछि नेदरल्याण्ड्स प्रतियोगिताबाट बाहिरियो।

स्पेनको अगिल्लो खेल
स्पेनले आगामी जुनमा फ्रान्ससँग जर्मनीमा सेमिफाइनल खेल्नेछ। अर्को सेमिफाइनलमा घरेलु टोली जर्मनीले पहिलो संस्करणको विजेता पोर्चुगलसँग खेल्नेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...