मोहम्मद शाहिन जमाली, वीरगन्ज। जसरी दशैं, तिहार, छठ, ल्होसार, क्रिसमस लगायत चाडपर्वमा परीक्षा राखिंदैन, त्यसैगरी ईदमा पनि परीक्षा तोकिनु हुँदैन। २०८० माघ २९ मा प्रकाशित नेपाल राजपत्रमा २०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचीमा ईद उल-फित्रको बिदा पनि समावेश छ। सरकारले हरेक वर्ष ईद उल-फित्रमा सार्वजनिक बिदा दिंदै आएको छ। सरकारले नेपालका विविध धर्म, संस्कृति, परम्परालाई ध्यानमा राख्दै सबै समुदायका चाडपर्वको सम्मानस्वरूप बिदा दिने नीति अवलम्बन गरेको हो। तर शैक्षिक संस्थाहरूले सरकारी नीतिको बेवास्ता गरिरहेका छन्। विद्यालयदेखि विश्वविद्यालयसम्मले ईदकै दिन परीक्षा राख्ने गरेका छन्। यो वर्ष पनि त्यही परिपाटी दोहोरिएको छ। रमजान एक महीना लामो हुन्छ। रमजान महीनाको अन्त्यमा ईद उल-फित्र मनाइन्छ। रमजान…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारबाट राष्ट्रपति एर्दोगानलाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति एर्दोगानले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा अन्तिम समयमा हुने गरेको चलखेल रोक्न नयाँ व्यवस्था लागू गरेको छ। अब, कारोबारको अन्तिम मूल्य निर्धारण गर्ननेप्सेले अन्तिम १५ मिनेटको औसत कारोबारको आधारमा निर्णय गर्नेछ। चैत ५ गतेको बैठकमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लागू भएपछि यो प्रक्रिया सुरु भएको हो। नयाँ व्यवस्थाअनुसार, अब नियमित कारोबार सत्रको अन्तिम समयमा अपरान्ह २:४५ देखि ३ बजेसम्म कायम भएको मूल्यको भारित औसतलाई अन्तिम कारोबार मूल्यको रूपमा लिइनेछ। यदि उक्त अवधिमा कुनै कारोबार हुँदैन भने, पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिने नेप्सेले जनाएको छ।
बाँके। भारतको कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा शानदार पुनरागमन गरेपछि भारतले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको छ । मेघालय स्थित सिलङको जवाहरलाल नेहरू स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा राहुल भेके, लिस्टन कोलासो र सुनिल क्षेत्रीले गोल गरेका थिए। पहिलो गोल ३५ औं मिनेटमा राहुल भेकेले कर्नरबाट आएको बलमा हेडर मार्फत गरे, जसले भारतलाई अग्रता दिलायो। त्यसपछि ६६ औं मिनेटमा लिस्टन कोलासोले अर्को हेडर गोल गर्दै भारतको अग्रता दोब्बर बनाए। ७६ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले लिस्टनको असिस्टमा हेडर गोल गर्दै आफ्नो पुनरागमनलाई सफल बनाएका थिए। यससँगै उनले ९५ औं अन्तर्राष्ट्रिय गोल पूरा गरे। भारतीय प्रशिक्षक मनोलो मार्क्वेजले यो खेललाई महत्त्वपूर्ण ठहर्याए…
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ कि देशभरका २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै साथ परीक्षा सञ्चालन भएको छ। यस वर्ष ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन्, जुन गत वर्षको तुलनामा ४९ हजार २८६ बढी हो। परीक्षा नियन्त्रण कार्यालयका कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, "सुरक्षा व्यवस्थामा कडा निगरानी राखिएको छ र सबै केन्द्रमा शान्तिपूर्ण वातावरणमा परीक्षा भइरहेको छ।" आजको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत, मदरसा र वेदविधा विषयको परीक्षा हुँदैछ। परीक्षाफल आगामी असार ७ गते भित्र सार्वजनिक हुने बोर्डले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन्। आज (बुधबार) एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका छन्। ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यस पटक मैले तपाईँहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु’, ओलीले भनेका छन् । उनले धैर्यताका साथ नआत्तिन राम्रो तयारी गरेर परीक्षा दिन आग्रह गरेका छन् । अनिदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै उनले त्यसबाट जोगिन आग्रह गरेका छन् ।
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने बताएका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन्। साँझको समयमा सर्वसाधरणले लोडसेडिङ व्यहोर्नुपर्ने उनले बताए । ”सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन,’ उनले भने,’ हिजो पनि लोडसेडिङ थियो, आज पनि छ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ…
File image बाँके। इजरायली रक्षा बल (IDF) ले गाजा क्षेत्रमा हमासको प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दालीसलाई मारिएको दावी गरेको छ। हालैको सैन्य कारवाहीमा, अल-दालीससँगै हमासका अन्य उच्चपदस्थ नेताहरू पनि मरिएका छन्। अन्तर्राष्ट्रिय मिडियाका अनुसार अल-दालीसले जुलाई सन् २०२४ मा हमास सरकारको नेतृत्व ग्रहण गरेका थिए। त्यसपछि उनका अनेकौँ साथीहरू, जसमा महमूद अबू वाटफा आन्तरिक मन्त्रालयका महानिदेशक, अबू ओबैदा मोहम्मद अल-जमासी राजनीतिक ब्यूरोका सदस्य, र बहजत अबू सुल्तान आन्तरिक सुरक्षा प्रमुख पनि मारिएका छन्। इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहूले घोषणा गरेका छन् कि इजरायलले जबसम्म हमासको सम्पूर्ण सफाया नगरेसम्म गाजा क्षेत्रमा सैन्य कारवाही जारी राख्नेछ। यो कारवाही इजरायल र हमास बीचको लडाईको…
बाँके। नेपालको पर्यटन उद्योगले एक नयाँ सफलता हासिल गरेको छ। अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले नेपालको 'कम्युनिटी होमस्टे नेटवर्क'लाई २०२५ को उत्कृष्ट गन्तव्यहरूको सूचीमा ४२ औं स्थानमा र एसियामा ७ औं स्थानमा समावेश गरेको छ। यसले नेपालको होमस्टे व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिएको छ र देशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ। होमस्टे व्यवसायले सस्तो, सरल र सांस्कृतिक रूपमा समृद्ध अनुभव प्रदान गर्दै पर्यटकलाई नेपालका ग्रामीण जीवनसँग सञ्जाल जोडेको छ। यो व्यवसायले स्थानीय संस्कृतिको संरक्षण र दिगो पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको छ। नेपालका १८ समुदायमा २ सय भन्दा बढी होमस्टे सञ्चालनमा छन्, जसको माध्यमबाट स्थानीय समुदायसँग गहिरो सम्बन्ध र मित्रता…
बर्दिया । मधेस प्रदेश सरकारले आगामी एसइई परीक्षामा भाग नलिने निर्णय गरेको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै परीक्षा समन्वय समितिहरूको निर्देशनको उल्लङ्घनपछि प्रदेश सरकारले परीक्षा प्रक्रियाबाट बाहिरिने घोषणा गरेका छन्। सिंहले २० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेस प्रदेशका परीक्षामा चलखेल गर्दै विद्यार्थीहरुको भविष्यसँग खेलबाड गरिरहेको आरोप समेत लगाए। सिंहले भने, "परीक्षाको केन्द्र अध्यक्ष चयन प्रक्रिया सम्बन्धी प्रदेश सरकारले गरेको निर्देशनको पालना नगरिएपछि अब हामी यो परीक्षामा सहभागी हुदैनौं।" उनले एसइई परीक्षा समाप्त भइसकेपछि शिक्षा अधिकारी र अन्य निकायहरूको अनुगमन गरी कडा कदम चाल्ने चेतावनी पनि दिए। प्रदेश सरकारले गत फागुन महिनामा केन्द्राध्यक्षको चयन गोला प्रथाबाट गर्न निर्देशन…
