राजेश कुर्मि नेपाली कांग्रेस बर्दियाको मधुवन नगर समिति सचिव लक्ष्मण पाण्डेका नाममा दुई वर्षअघि नै जिल्ला अदालत बर्दियाले पक्राउ पुर्जी जारी गरेको खुलेको छ । मधुवन नगरपालिका वडा नं. ३, विपतपुर निवासी ३१ वर्षीय पाण्डेमाथि सालको काठ चोरी गरेको अभियोगमा २०८० सालमा मुद्दा दर्ता भएकाे थियो । सिद्धा कुमारी शाहीको जाहेरीले नेपाल सरकारलाई वादी र पाण्डेलाई प्रतिवादी बनाइएको कुरा अदालतद्वारा जारी पक्राउ पुर्जीमा उल्लेख गरिएकाे छ । पक्राउ पुर्जीमा मुद्दा नं. ०८०-c२-०००३ का प्रतिवादी पाण्डेलाई अदालतले दिएकाे उपस्थिती म्याद सकिएपछि म्यादवाला व्यक्ति वा निजको एकाघरको उमेर पुगेका परिवारको सदस्य समेत घरमा फेला नपरेकोले दैलाेमा सबैले देखे गरि पक्राउ पुर्जी टाँस…
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ७ स्थित कर्णालीपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बढैयाताल गाउँपालिका–७, पडरिया बस्ने २२ वर्षीय आकाश बहादुर मगर र २८ वर्षीय देवसिंह ठकुरीलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको प्रहरी चौकी कालिकाबाट खटि गएको प्रहरी टोलीले असार १९ गते दिउँसो करिब ३ः३० बजे भारतको बलेगाउँबाट नेपालतर्फ आउँदै गरेका दुई जना पैदल यात्रुलाई शंकाको आधारमा चेकजाँच गर्दा लुकाइछिपाई प्लास्टिकको पुरिया बनाएर राखिएको लागुऔषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले बताउनुभयो । उहाँले…
रन्जित शाह बर्दिया कारागार भित्रबाट ५ ग्राम लागुऔषध गाँजा बरामद भएको छ । असार १२ गते विहान जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी टोलीले चेकजाँच गर्दा सो लागुऔषध बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दिया कारागारमा रहेका कैदीबन्दीको विस्तरामा लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला पारेको कुरा प्रहरी नायव उपरिक्षक चक्र बहादुर डमरपालले बताउनुभयो । उहाँले यस विषयमा थप अनुसन्धान समेत भईरहेको जानकारी गराउनुभयो । कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तानी गरिरहेका सोहन ढकालको विस्ताराबाट उक्त लागुऔषध बरामद भएको स्रोतले बताए । स्रोतले भने, “कारागार भित्रबाट नै लागुऔषध बरामद हुनु गम्भीर विषय हो ।…
बर्दियाकाे राजापुर नगरपालिका र कैलाली जिल्ला जाेड्ने कर्णाली नदीको सत्तिघाट पुल नभासिएकाे र हिँड्न सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले स्पष्ट पारेकाे छ । प्रशासनले सामाजिक सञ्जालमा साे पुल भासिई असुरक्षित रहेको भन्दै गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रचार पूर्ण रूपमा भ्रामक भएको प्रष्ट पारेकाे हाे । असार १५ गते केही व्यक्तिहरूले टिकटक तथा फेसबुकजस्ता सामाजिक सञ्जालमा पुल भासिएकाे भिडियो अपलोड गरेपछि प्रशासनले ध्यानाकर्षण पत्र जारी गर्दै उक्त भिडियाेमा देखाईएकाे दृश्यहरू विगत वर्षकाे र यस वर्ष कुनै समस्या नरहेकाे बताएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतद्वारा जारी पत्रमा झूठो र भ्रामक जानकारीसहित भिडियो अपलोड गरी त्रास फैलाउने…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किएको भन्दै कटाक्ष गरेका छन्। मंगलबार बालुवाटारमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बैंकले समेत एक रुपैयाँ साटेर नदिने टिप्पणी गरे। ‘एक-दुईवटा साना कामहरूमा साथी भाइहरु बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाउँछन्,’ ओलीको भनाइ छ, ‘अस्ति हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए। एक-एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे। एक-एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ। चन्दा एक-एक रुपैयाँ कहाँ साटेर ल्याउने? दिँदैन त्यो पनि।’ पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिने निर्णयको विरोध गर्दै नेकपा एमालेका नेताहरु…
आजको राशिफल बि।सं २०८२ वैशाख ३० गते मंगलबार ई. सं २०२५ मे १३ नेपाल सम्बत ११४५ बछलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, जेठ कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १०…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । छब्बीस सय ४९औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गरे । “बुद्धका शिक्षाहरु सरल…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । 'अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध', प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।' उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् ।
आजको राशिफल बि.सं २०८२ वैशाख २९ गते सोमबार ई.सं २०२५ मे १२ नेपाल सम्बत ११४५ बछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पुर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वरियान योग, विक्ष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५…
काठमाडौँ । आज २५६९ औं बुद्ध जयन्ती मनाइदै छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको मानिन्छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उनको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो । शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज…
