Skip to main content

Khotang Khabar

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोटाङमा स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन हुन लागेको उक्त कार्यक्रमका लागि आवश्यक तयारी तथा कार्यक्रमसम्बन्धी जानकारी अभिभावक र सरोकारवालासम्म पुर्‍याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको छ। स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालनको पूर्व तयारी स्वरूप आज भदौ १८ गते अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका  कार्यालय प्रमुख डा.शर्विन्द्र प्रसाद यादवले जानकारी दिनुभएको छ । अभिमुखीकरण कार्यक्रममा डा.शर्विन्द्र प्रसाद यादवले स्वर्णविन्दु प्राशनको परिचय, यसको आयुर्वेदिक महत्व, कार्यक्रमको उद्देश्य तथा बालबालिकाको स्वास्थ्य र सर्वाङ्गीण विकासमा…
Read More
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टीले सञ्चालन गरेको राहत संकलन अभियानअन्तर्गत हालसम्म ७ लाख ८ सय १८ रुपैयाँ संकलन भएको छ। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक घरबारविहीन तथा दैनिक आवश्यकताबाट समेत प्रभावित बनेपछि उनीहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले पार्टीले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन राहत रकम संकलन गरिएको पार्टीको भनाइ छ। अभियानअन्तर्गत श्रम संस्कृति पार्टीका प्रदेश सदस्य, विभिन्न तहका नेता–कार्यकर्ता, पार्टीका शुभेच्छुक तथासहयोगदाताबाट सहयोग…
Read More
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। बाढीबाट प्रभावित विभिन्न जिल्लामा सञ्चालन गरिएको खोजी अभियानका क्रममा ती शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले बिहीबार मध्याह्न १२ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन अवस्थामा छन्। प्राप्त तथ्यांकअनुसार ४ हजार २१६ जना नागरिकको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको खोजीका लागि सम्बन्धित निकाय, सुरक्षा टोली तथा उद्धारकर्मीहरू परिचालन भइरहेका छन्। बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये रसुवा पनि एक…
Read More
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगेको छ। नेपाल प्रहरीले बुधबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा त्यसपछिको विपद्का क्रममा उक्त संख्यामा मृत्यु भएको जनाएको हो। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० वटा शव फेला परेका छन्। भारतमा समेत ९ वटा शव भेटिएको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये १ हजार १ सय १३ वटा शवको लाशजाँच मुचुल्का पूरा भइसकेको छ। यस्तै, अहिलेसम्म ९५…
Read More
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँदा धान खेती प्रभावित हुने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। स्थानीय वितरण व्यवस्थाअनुसार हाल एक कठ्ठा जग्गाका लागि २ केजी युरिया मल मात्र वितरण भइरहेको किसानहरूको गुनासो छ। उनीहरूका अनुसार यो परिमाण बालीको आवश्यकताभन्दा निकै कम भएकाले उत्पादनमा नकारात्मक असर पर्ने सम्भावना बढेको छ। स्थानीय किसानहरूले सरकारले समयमै पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। किसानहरूको भनाइमा खेतीको मुख्य समयमा मल अभाव दोहोरिनु कृषि क्षेत्रमा गम्भीर चुनौती बनेको छ। किसानहरूले सम्बन्धित निकायसँग तत्काल पर्याप्त युरिया…
Read More
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका विभिन्न पसलहरूको अनुगमन गरी बिक्रीका लागि राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएपछि यसप्रति ठाकुरबाबा उद्योग वाणिज्य सङ्घ, भुरीगाउँले घोर आपत्ति जनाएको छ। सङ्घले जारी गरेको धारणा अनुसार विद्यालय वरपरका व्यवसायीमाथि मात्र कारबाही गर्नु पर्याप्त नभई नगरपालिकाले आफ्नै कार्यालय, जनप्रतिनिधि, कर्मचारी, विद्यालय तथा अन्य सार्वजनिक निकायभित्र पनि समान मापदण्ड लागू गर्नुपर्ने माग गरेको छ। सङ्घले प्रश्न उठाएको छ, “यदि नगरपालिका कार्यालयभित्र कर्मचारी वा जनप्रतिनिधिहरूले खुलेआम सुर्तीजन्य पदार्थ वा गुट्खा सेवन गरिरहेका छन् भने उनीहरूमाथि पनि समान रूपमा कारबाही हुन्छ कि हुँदैन?” त्यसैगरी, विद्यालय परिसर वा कक्षाकोठाभित्र शिक्षक…
Read More
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई विभिन्न सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रतिनिधिले ट्राफिक प्रहरीका प्रमुख लगायत कर्मचारीहरूको उपस्थितिमा रोड डिभाइडर र सचेतनामूलक होर्डिङ बोर्डहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै बैंकका प्रतिनिधिले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले अहोरात्र जनताको सेवामा खटिने ट्राफिक प्रहरीको कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि बजेट र…
Read More

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुँदै।
Read More

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्नेबारेमा जानकारी गराएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन भइसकेकोले असार १ गतेदेखि नै पढाइ शुरू हुने भनिएको छ । विगतमा एसईई नतिजा प्रकाशन हुन ३ महिनासम्म लाग्थ्यो । यसपालि भने १ महिनामै नतिजा आइसकेको छ । यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा ११…
Read More

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको भाउ घटेर आज ताेलाकाे ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
Read More