काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सरकारको स्थायित्व बढेपछि पीडा र छटपटी बढेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सरकारको स्थायित्वको आधार तयार भएपछि प्रचण्डमा पीडा र छटपटी बढेको देखिएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्- प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ? यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छः तपाई प्रधानमन्त्री हुदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । विदेशी मुद्राको संचिति वढेको छ । सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ । निर्माण व्यावसायिलाई काम वापतको तपाईको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ । निर्माण…
आजको राशिफल बि.सं २०८२ वैशाख २८ गते आईतबार ई.सं २०२५ मे ११ नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, व्यतिपात योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १७ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३८ मिनेट…
काठमाडौं । भारतसँग युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला गरिएको छ । यसअघि दुवै देशबीच तनाव बढ्दै गएपछि पाकिस्तानको हवाई क्षेत्र केहि दिनदेखि पूर्ण रुपमा बन्द रहेको थियो ।पाकिस्तान एयरपोर्ट अथोरिटीले पाकिस्तानको हवाई क्षेत्र पूर्ण रुपमा खुला गरिएको र सबै प्रकारका हवाई उडान सुचारु गरिएको जानकारी दिएको हो । यस अघि आज अपराहन्न भारत पाकिस्तानका सैन्य अप्रेशन महानिर्देशकहरुबीच भएको कुराकानीपछि हाल जारी रहेका सबै प्रकारका आक्रमण रोक्ने सहमति भएको थियो । यसका लागि अमेरिकाले मध्यस्त गरेको दाबि गरेको छ ।
काठमाडौँ । पाकिस्तानसँग बढ्दो तनावका बीच भारत सरकारले ठूलो निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भविष्यमा हुने कुनै पनि आतंकवादी कार्यलाई भारतविरुद्धको युद्धको रूपमा व्यवहार गरिने निर्णय गरेको हो । भारत सरकारले भविष्यमा हुने कुनै पनि आतंकवादी आक्रमणलाई युद्ध छेड्ने प्रयासको रूपमा लिने र तदनुसार जवाफ दिने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी घटनापछि आतंकवादी लुक्ने ठाउँहरू नष्ट गर्न भारतीय सेनाले मे ७ मा पाकिस्तान अधिनस्थ जम्मू कश्मीरर पाकिस्तानमा रहेका नौ आतंकवादी लुक्ने ठाउँहरूमा…
काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगालादेश प्रस्थान गरेकी छन् । बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् । इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् सँगको सहकार्यमा वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उनले प्रमुख बक्ताको रूपमा सम्बोधन गर्नेछिन् ।
न (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतंकवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भनेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए। “लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ”, उनले भने । मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउनेगरी प्रबन्ध भइरहेको जानकारी…
काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ । बहराइनले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा कविता कुँवरले १८, सम्झना खड्काले अविजित १८ रन बनाएकी थिइन् । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ५ ओभरमा एक विकेट गुमाउदै ४१ रन बनाएको हो । बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्बाधिक ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर पुजा महतोले एक विकेट लिएकी थिइन् । बैंककमा सम्पन्न यो खेल बर्षाले प्रभावित भएपछि ५-५ ओभर खेलाइएको थियो । यस खेलमा नेपाली…
काठमाडौँ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भने- 'राजौरीबाट दुखद खबर । हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए ।' उमर अब्दुल्लाहले राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलीबारी भइरहेको बताए । उनले लेखेका छन्- 'आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी शहरलाई निशाना बनाइएको थियो । यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो ।'
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मू कश्मिरको हिंसात्मक, आतङ्कवादी र मानवताविरोधी घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । विज्ञप्ति जारी गर्दैै जसपा नेपालले क्रुर र बर्बर आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालले समर्थन र ऐक्यबध्दतासमेत व्यक्त गरेको छ । आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता नहुने बताउँदै जसपा नेपालले आफूहरुलाई आतङ्कवादको कुनै पनि रूप स्वीकार नरहेको बताएको छ । विकसित घटनाक्रमले हाल दक्षिण एशियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले सम्पूर्ण क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा नकारात्मक असर पार्ने खतरा देखिएको भन्दै जसपा नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ । जसपा नेपालले समस्त दक्षिण एशियाली…
काठमाडौँ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ । शुक्रबार दूतावासले सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ । त्यस्तै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।
