Skip to main content

Khotang Khabar

Breaking News 2

रौतहटमा भन्सार छली गरी ल्याइएको सामान अटो रिक्सा सहित नियन्त्रणमा ।

रौतहटमा भन्सार छली गरी ल्याइएको सामान अटो रिक्सा सहित नियन्त्रणमा ।

रौतहट। रौतहटको गौर नगरपालिका वडा नम्बर १ स्थित भन्सार सुरक्षा गार्ड र प्रहरी चेकिङ्ग टोलीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका विभिन्न सामान र सवारी साधनहरू बरामद गरेका छन्। प्रहरीका अनुसार, चैत ११ गते साँझ ५:१० बजे सवारी साधनहरूको नियमित जाँच गर्ने क्रममा १२ हजार रुपैयाँ बराबरका किराना सामान र ३ लाख रुपैयाँ मूल्य पर्ने BR05PD6503 नम्बरको अटो रिक्सा पक्राउ गरिएको हो। बरामद गरिएका सामान र सवारी साधनको कुल मूल्य लगभग ३ लाख १२ हजार रुपैयाँ अनुमान गरिएको छ। उक्त सामान र अटो रिक्सा आवश्यक कानुनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाइएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा भन्सार छली र…
Read More
नागार्जुनमा खसीबोका लोड गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु।

नागार्जुनमा खसीबोका लोड गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु।

  काठमाडौँ। काठमाडौँको नागार्जुन नगरपालिका–८, ठूलाखोला नजिकै गएराति खसीबोका लोड गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्र ३ –०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर पल्टिएको हो। धादिङबाट काठमाडौँ आउँदै गरेको टाटा गाडी विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते गोरखाको भिमसेन गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरे। गाडीका चालक गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन्। भट्टको उपचार स्थानीय नर्सरी चोकको मेडिकलमा भइरहेको छ…
Read More
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार दुई जनाको ज्यान जाने गरी राजधानीमा भएको हिंसात्मक प्रदर्शनको दोष सरकार नै भएको बताएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार दुई जनाको ज्यान जाने गरी राजधानीमा भएको हिंसात्मक प्रदर्शनको दोष सरकार नै भएको बताएको छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबार सम्पन्न बैठकले शुक्रबारको हिसांत्मक घटना सरकारकै कारण भएको ठहर गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारी दमनले हिंसा निम्त्याएको दाबी गरेका हुन्। राप्रपाले शुक्रबार ज्यान गुमाएका दुई जनालाई सहिद घोषणा गर्न र उनका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गरेको छ। शुक्रबारको घटनाको निष्पक्ष छानबिनका लागि जाँचबुझ समिति बनाउन र आफ्ना दुई नेताहरू रविन्द्र मिश्र र धवलशमशेरलाई २४ घन्टाभित्र रिहा गर्न पनि राप्रपाले आग्रह गरेको छ।
Read More
तीनकुने घटनामा मृतकलाई शहीद घोषणा गर्न राप्रपाको माग।

तीनकुने घटनामा मृतकलाई शहीद घोषणा गर्न राप्रपाको माग।

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालयमा सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मृतकलाई शहीद घोषणा गर्नुपर्ने बताएका हुन्। लिङ्देनले घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। राप्रपा अध्यक्षले सरकारको निष्क्रियता र घटनाको यथासम्भाव छानबिन नगरेको आरोप लगाए।
Read More
नेपाली क्रिकेटको नयाँ प्रशिक्षकमा स्टुअर्ट ललाई नियुक्त।

नेपाली क्रिकेटको नयाँ प्रशिक्षकमा स्टुअर्ट ललाई नियुक्त।

बाँके। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी र प्रशिक्षक स्टुअर्ट ललाईलाई नेपालको पुरुष क्रिकेट टिमको नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। यसअघि प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता समाप्त भइसकेको र नयाँ नियुक्ति प्रक्रिया पूरा गरेपछि स्टुअर्ट ललाईको चयन गरिएको हो। ७० जना आवेदकहरूमध्ये १० जनालाई सर्टलिस्ट गर्दै अन्तिम चरणको अन्तर्वार्तामा ललाईलाई नियुक्त गरिएको हो। क्यानका अनुसार, "उहाँ राम्रो अनि अनुभवी हुनुहुन्छ र नेपाली क्रिकेटलाई अगाडि बढाउन सक्ने क्षमता राख्नुहुन्छ।" । चर्चित प्रशिक्षकहरूको प्रतिस्पर्धा बीच स्टुअर्ट ललाईले नेपालको क्रिकेट इतिहासमा नयाँ पाटो थप्ने अपेक्षा गरिएको छ।
Read More
रास्वपाको सरकारलाई छानबिन आयोग गठन गर्न माग ।

रास्वपाको सरकारलाई छानबिन आयोग गठन गर्न माग ।

file image काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको घटनामा सरकारसँग उच्च न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। शनिबार आयोजित पार्टीको सचिवालय बैठकले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई यथोचित कारबाही गर्न आयोग गठनको माग गरेक हुन् । साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक पनि बोलाएको जानकारी दिएको छ।
Read More
कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आयो।

कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आयो।

काठमाडौं। कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट शुक्रबार राजवादीद्वारा लुटपाट भएपछि शनिबारदेखि नियमित सञ्चालनमा आएको छ। भाटभटेनीको सीओओ पानु पौडेलले भने कि, रातभरको सरसफाइ कार्यपछि सुपरमार्केट बिहानदेखि पुनः खुला भएको छ। उनले थपे, "क्षतिको मूल्यांकन गरिएको छ र फुटेका सिसा केही दिनमा पुनःनिर्माण गरिनेछ।" शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वर स्थित भाटभटेनीमा प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल र जुसजस्ता सयौँ वस्तु लुटपाट गरेका थिए। उक्त घटना पश्चात भाटभटेनीले विश्वास व्यक्त गरेको छ कि लुटपाट र क्षति पुर्याउने व्यक्तिहरूलाई सरकार छिट्टै कानुनी दायरामा ल्याउनेछ।
Read More
म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, मृत्यु संख्या १० हजार नाघ्ने अनुमान।

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, मृत्यु संख्या १० हजार नाघ्ने अनुमान।

  बाँके। म्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, यस भूकम्पबाट मृत्यु हुनेको संख्या १० हजार भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। यसै कारण, यूएसजीएसले "रातो अलर्ट" जारी गरेको छ, जसले उच्च हताहत र व्यापक क्षतिको संकेत गर्दछ। म्यानमारको सैन्य सरकारले हालसम्म १ सय ४४ जनाको मृत्यु भएको जनाएको छ। तर, थप भग्नावशेष हटाइँदै र शवहरूको उद्धार भइरहेको अवस्थामा, मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
Read More
त्रिभुवन विमानस्थल बाहिर आगजनी, उडान प्रभावित

त्रिभुवन विमानस्थल बाहिर आगजनी, उडान प्रभावित

।काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजावादी आन्दोलनकारीहरुले आगलागी गर्दा विमानस्थलका उडानहरु प्रभावित भएका छन्। महाप्रबन्धक जगनाथ निरौलाले बताउनुभएको छ कि विमानस्थल भित्र सुरक्षा पुरा भए पनि बाहिर विभिन्न स्थानमा आगलागीका घटनाहरु हुँदा उडान प्रभावित भएको हुन्। निरौलाले भने, "विमानस्थल बाहिर आगलागीका घटनाहरु भएका कारण विमानस्थलमा धुँवा फैलिएको थियो। अहिले धुँवा केही कम भए पनि उडान सहज रूपमा सञ्चालन हुन सकेको छैन।" हाल विमानस्थल प्रशासनले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको, र यात्रुहरुलाई सूचित गराउँदै आएको जानकारी दिनुभयो ।
Read More
राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरे।

राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरे।

फोटो:- नेपाल भिउज काठमाडौं। शुक्रबार काठमाडौमा राजावादीहरुले गरेको प्रदर्शनमा विभिन्न स्थानमा आगजनी र ढुंगामुढा गरेका छन् ।राजावादीहरुले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयको कुर्सी बाहिर निकालेर आगो लगाएका छन् भने सिसा पनि फुटाएका छन्। यस्तै, प्रदर्शनकारीहरूले कार्यालयको आसपास ढुंगा हान्ने कार्य पनि गरेका छन्। यसैगरी, कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजनी गरिएको थियो। तीनकुने क्षेत्रको प्रदर्शन पछि प्रदर्शनकारीहरूले नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए। प्रदर्शनमा प्रमुख भूमिकामा रहेका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा
Read More