भाद्र २३ खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाको स्वास्थ्य तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको स्वर्णविन्दु प्राशन कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिहान ७ बजेदेखि १० बजेसम्म कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका अनुसार आज सम्पन्न भएको कार्यक्रममा २०० जनाभन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो । सहभागी बालबालिकालाइ स्वर्णविन्दु प्राशन गराइएको केन्द्रले जनाएको छ । बालबालिकाको प्रारम्भिक उमेर उनीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि महत्वपूर्ण हुने भएकाले सोही अवस्थादेखि स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने केन्द्रले जनाएको छ । जिल्ला आयुर्वेद…