काठमाडौं । फिल्म ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ । नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्रयाण्ड प्रिमिएर सम्पन्न भएको हो ।मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, लितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमील, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।चलचित्र हेरेपछि अधिकांशले चलचित्र ‘जार’को तारिफ गरेका छन् । संस्कृति, संस्कार र…
काठमाडौँ । जर्मन रुढीवादी नेता फ्रेडरिक मर्ज चान्सलर निर्वाचित भएका छन् । पहिलो प्रयासमा आश्चर्यजनक हार बेहोरेका मर्जले दोस्रो चरणमा जित हासिल गर्दै जर्मनीको नयाँ चान्सलर बनेका हुन् संसदमा भएको पहिलो मतदानमा उनले पराजयको सामना गर्नुपरेको थियो । तर दिउँसो भएको 'दोस्रो मौका' मतदानमा, मर्जले ३२५ मत प्राप्त गरे भने २८९ सांसदले उनको विपक्षमा मतदान गरेका थिए । पहिलो चरणको मतदानमा उनले ३१० मत प्राप्त गरेका थिए । जर्मनीको संसद ६३० सदस्यीय रहेको छ जितपछि फ्रेडरिक मर्जले चान्सलरको जिम्मेवारी सम्हालेका छन् । उनले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै देशवासीहरूप्रति कृतज्ञता पनि व्यक्त गरे। उनले भने, 'म जर्मनीको चान्सलरको निर्वाचनलाई कृतज्ञताका साथ…
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ । पाकिस्तानमा भारतीय आक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।पाकिस्तानी सेनाले पत्रकार सम्मेलन गरेर अहिलेसम्म २६ जना नागरिकको मृत्यु भएको जानकारी दिएको हो । त्यस्तै आक्रमणमा ४६ जना घाइते भएका छन् ।पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले भारतको हवाई आक्रमणको भर्त्सना गरेका छन् र कडा जवाफ दिने चेतावनी समेत दिएका छन् ।त्यस्तै पाकिस्तानले पाँच भारतीय फाइटर जेट खसालेको दाबि गरेको छ यद्यपी यसको भारतीय पक्षले पुष्टि गरेको छैन । पाकिस्तानी सेनाले आफ्नो हवाई क्षेत्रमा आएका पाँच भारतीय लडाकु विमान खसालेको दाबि गरेको हो ।पाकिस्तानले संयुक्त राष्ट्र संघलाई भारतको हवाई आक्रमणको जवाफ दिने अधिकार आफुलाई भएको बताएको छ ।
काठमाडौँ । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच युद्ध शुरु भएको छ । गएराती भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण शुरु गरेपछि दूई देश युद्धमा होमिएका छन् । पाकिस्तानले भारतको आक्रमणको कडा जवाफ दिने बताएको छ र सीमा क्षेत्रमा दुवैबीच गोलिवारी जारी रहेको छ ।भारतीय सशस्त्र बलले यस अपरेशनलाई 'अपरेशन सिन्दूर' नाम दिएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार यो अप्रेशन महिलाहरूप्रति समर्मित गरेको छ, जसले आतंकवादी हमलामा आफ्ना पति गुमाएका छन् । यस अघि भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन गर्ने, सीमा नाका बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने जस्ता धेरै निर्णयहरू गरेका थिए ।…
काठमाडौँ । ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्केको इन्ट्री भएको छ अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायांकन भइसकेको फिल्ममा गत महिना धीरज मगर मुख्य भूमिकामा अनुबन्ध भएका थिए भने अब शिल्पा मास्केको इन्ट्री भएको छ । उनीसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् ।शिल्पा पछिल्लो पटक फिल्म ‘देवी’मा देखिएकी थिइन्, जुन गत वर्षको भदौमा रिलिज भएको थियो । उनले फिल्मको छायांकन नगरेको भने २ वर्षभन्दा बढी भइसकेको छ । २०८० सालमा प्रदर्शित ‘परस्त्री’ उनले छायांकन गरेको पछिल्लो फिल्म हो । दोस्रो चरणको छायांकनको तयारी भइरहेको ‘जलाकी’मा आकृति राजभण्डारी,…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो । उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
काठमाडौं । पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ। फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको स्रोतले जनाएको छ । भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ । विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति हुनेछ । राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो।भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान रहेका छन् । यसअघि भारतले बुधबार बिहान पाकिस्तानमाथि…
काठमाडौँ । भारत सरकारले 'अपरेशन सिन्दूर' सुरु गरेको बताएको छ ।भारत सरकारले यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको बताएको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो । विज्ञप्तिमा कुल नौ स्थानहरूलाई लक्षित गरिएको पनि भनिएको छ ।अर्कोतर्फ, पाकिस्तानको सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको बताएको छ ।