१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टीले सञ्चालन गरेको राहत संकलन अभियानअन्तर्गत हालसम्म ७ लाख ८ सय १८ रुपैयाँ संकलन भएको छ। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक घरबारविहीन तथा दैनिक आवश्यकताबाट समेत प्रभावित बनेपछि उनीहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले पार्टीले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन राहत रकम संकलन गरिएको पार्टीको भनाइ छ। अभियानअन्तर्गत श्रम संस्कृति पार्टीका प्रदेश सदस्य, विभिन्न तहका नेता–कार्यकर्ता, पार्टीका शुभेच्छुक तथासहयोगदाताबाट सहयोग…
१८ भदौ खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। बाढीबाट प्रभावित विभिन्न जिल्लामा सञ्चालन गरिएको खोजी अभियानका क्रममा ती शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले बिहीबार मध्याह्न १२ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन अवस्थामा छन्। प्राप्त तथ्यांकअनुसार ४ हजार २१६ जना नागरिकको अवस्था अझै अज्ञात रहेको छ। उनीहरूको खोजीका लागि सम्बन्धित निकाय, सुरक्षा टोली तथा उद्धारकर्मीहरू परिचालन भइरहेका छन्। बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये रसुवा पनि एक…